सोमबारबाट साल्ट ट्रेडिङको सतुङ्गल लगायतका बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

साल्ट ट्रेडिङ कर्पोरेसनले असोज ७ गते सोमबारदेखि सुपथ पसल सुरु गर्ने भएको छ ।

कर्पोरेसनका चन्द्रागिरि नगरपालिका सतुङ्गलमा रहेको बिक्री केन्द्र लगायत विभिन्न स्थान रहेका बिक्री केन्द्रमा सोमबारदेखि सुपथ पसल सुरु गर्ने गरी गृहकार्य अघि बढाएको हो ।

‘विभिन्न खाद्यान्नमा छुट दिने गृहकार्य भइरहेको छ । कुनमा कति दिने भन्नेबारे निर्णय भइसकेको छैन,’  सूचना अधिकारी ब्रजेश झाले भने । साल्ट ट्रेडिङले आफ्नो बिक्री केन्द्रबाट छुटमा खाद्यान्न बिक्री गर्नेछ ।

साल्ट ट्रेडिङलाई छुटमा खाद्यान्न बिक्री गरेबापत शोध भर्ना दिन ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसपटक साल्ट ट्रेडिङसँग चिनीको अभाव भएकाले सुपथ पसलमा थोरै परिमाण मात्रै राखिने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ