चन्द्रागिरि नगरपालिका वडा नं. १० आज बालश्रम मुक्त वडा घोषणा हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका- १० सतुङ्गल आज बालश्रममुक्त वडा घोषणा हुने क्रममा रहेको छ ।
आज शनिबार सो वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष शिवकुमार महर्जनले जानकारी दिनुभयो ।
बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मौलिक हनन् हुने भएकाले अब आइन्दा कसैले पनि बालबालिकालाई श्रमजन्य काममा लगाउन नपाइने शपथ वडाका बासिन्दाले शपथ ख्वाएर वडा बालश्रम मुक्त घोषणा हुन लागेको हो ।
घोषणा सभा अघि एक र्याली निक्लने, सो र्यालीले वडा परिक्रमा गरेपछि बोसिगाउँ डबलीमा एक समारोहका बीच वडालाई बालश्रममुक्त वडा घोषणा गरिनेछ । सो क्रममा स्थानीय शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीहरू, संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय बासीहरूको उपस्थिति रहने बताइएको छ ।