बलम्बुका गुप्ता दिदीबहिनीले नागरिकता माग गरेपछि जिल्ला प्रशासन कार्यालयले जारी गर्यो सूचना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१२ बलम्बु स्थायी ठेगाना भएका मुस्कान र विजयता गुप्ताले नागरिकता प्राप्तिका लागि निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सूचना जारी गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले बलम्बु स्थायी वतन भएका प्रेमनाथ प्रसाद र गीतादेवीका छोरीहरू गुप्ता द्वयले अङ्गीकृत नागरिकता पाउँ भनी निवदेन दिएपछि नागरिकता ऐन तथा नियमावली बमोजीम अंगीकृत नागरिकता जारी गर्न सन्दर्भमा कोही कसैको दाबी विरोध भएमा सात दिनभित्र लिखित उजुरी दिन सूचना जारी गरेको हो ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *