नेपाली बृहत् शब्दकोष परिमार्जन गरिने, सुझाव माग

Thankot Times

थानकोट ।

नेपाल प्रज्ञा प्रतिष्ठानले २०७९ मा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोषमा प्रविष्ट कतिपय शब्दार्थका बारे संशोधनका लागि सुझाव माग गरेको छ।

पुस मसान्तभित्र आवश्यक सुझाव प्रज्ञा प्रतिष्ठानको इमेलमा पठाउन सकिनेछ।

प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले सूचना निकालेर कतिपय शब्दार्थका बारेमा गुनासा आएकोले संशोधन र परिमार्जनका लागि सुझाव माग गरिएको उल्लेख गरेका छन्।

उनका अनुसार शब्दकोष आवश्यक परिमार्जन सुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *