चन्द्रागिरि नगरमा भारी वर्षा, यी स्थानमा अलर्ट रहन सुझाव

Thankot Times

थानकोट ।

शुक्रबार दिउँसो परेको भारी वर्षा पछि राष्ट्रिय जोखिम न्यूनिकरण प्राधिकरणले चन्द्रागिरि नगरका विभिन्न स्थानमा अलर्ट हुन सूचना जारी गरेको छ ।

दिउँसो करिब २ बजेबाट चन्द्रागिरि नगरका नैकाप, थानकोट, बलम्बु लगायतका स्थानमा भारी वर्षा भएपछि सो क्षेत्रका खोला खोल्सीहरूमा पानीको सतह पढ्न सक्ने भन्दै प्राधिकरणले अलर्ट रहन सुझाव दिएको छ ।

यसैगरी कीर्तिपुर क्षेत्रमा समेत भारी वर्षा भएकोले सो क्षेत्रका खोला खोल्सीमा समेत जल सतह बढ्ने प्राधिकरणको बुलेटीनमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *