साधना घिमिरेको कविता संग्रह ‘साधनाको साधना’ विमोचन
थानकोट ।
सतुङ्गलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययनरत साधना घिमिरेको कविता संग्रह विमोचन गरिएको छ ।
बागमती प्रदेश सभा सदस्य रमा आलेमगर एवं यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतको उपस्थितिमा शनिबार घिमिरेको पहिलो कृति ‘साधनाको साधना’ कविता संग्रह विमोचन गरिएको हो ।
अपाङ्गता-अभिभावक समाज नेपाल तथा विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा सो कृति प्रकाशित भएको हो ।
कक्षा १० मा अध्ययनरत घिमिरे फरक शारीरिक क्षमताकी विद्यार्थी हुन् ।
रिड एण्ड राइज पिक्चर्स एण्ड पिक्चर्सको बजारमा व्यवस्थापनमा प्रकाशित कृति घिमिरेको जन्मोत्सवका अवसरमा विमोचन भएको कार्यक्रममा जानकारी दिइयो ।
जेसिस स्कुलका नेपाली शिक्षक तेज बहादुर हमालले साधना घिमिरेको शारीरिक क्षमता फरक रहेपनि उनको सृजनशीलता अन्य विद्यार्थीहरूका लागि अनुशरणयोग्य रहेकोले उनका कविताहरूले पुस्तकको रुप लिएको बताउनुभयो । हमाल सो पुस्तकका सम्पादक हुनुहुन्छ ।
गुरु तथा अभिभावकहरूको हाैसलाका कारण नै कविता लेखनमा आफ्नो रुची बढेको घिमिरेले बताइन ।
सो कार्यक्रममा अपाङ्गता भएरपनि विविध कार्यमा संलग्न चारजना अपाङ्गता भएका व्यक्तित्वहरूको सम्मान गरिएको थियो ।