संविधान दिवसका अवसरमा चन्द्रागिरिका चोकचोकमा दीप प्रज्ज्वलन (फोटो फिचर)

Thankot Times

थानकोट ।

संविधान दिवसको अवसरमा आज चन्द्रागिरि नगर दीप प्रज्ज्वलन गरिएको छ ।

साँझ चन्द्रगिरि नगरपालिकाको कार्यालय लगायत नगरका विभिन्न चोकमा स्थानीय बासीहरूले दीप प्रज्ववलन गरेका हुन् ।

चन्द्रगिरि नगरपालिकाको कार्यालय नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरका कार्यपालिका सदस्यहरू, नगर सभा सदस्यहरु लगायत नगरका कर्मचारीहरूको उपस्थितिमा दीप प्रज्ववलन गरिएको थियो ।

यसैगरी नैकाप, सतुङ्गल, चेकपोष्ट, नागढुङ्गा लगायतका स्थानमा समेत संविधान दिवसका अवसरमा बिहीबार साँझ दीप प्रज्ववलन गरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *