काठमाडौं जिल्ला नकआउट तथा लिग फुटबल: कुर्दानकाे विजयी सुरुवात

Thankot Times

थानकोट ।

काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगितामा तीनथानास्थित कुर्दान फुटबल एकेडेमीले विजयी सुरुवात गरेकाे छ ।

सानो गौचरणमा भएको पहिलो खेलमा कुर्दानले त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समय ३-३ को‌ बराबरीपछि पेनाल्टी सुटआउटमा कुर्दानले बाजी मारेको हो ।

अर्को खेलमा बुढानिलकण्ठले जेएफए स्पोर्टसलाई‌ २-० ले हराएको छ।
कुर्दानले दाेश्राे चरणमा सान्ताेष क्लबकाे ए टीमसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा असोज १६ गते सम्म चल्ने प्रतियोगितामा १२ टोलीको‌ सहभागिता रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *