नागढुङ्गा नाकाबाट समातिए सन्तोष र सिमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-५ बस्ने २९ वर्षीय सन्तोष पौडेल र गोरखा शहिद लखन गाउँपालिका-६ बस्ने २५ वर्षीया सिमा गुरूङ रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले काकड्भिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५६५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

एआइ जेनेरेटट् इमेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *