सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

Thankot Times

थानकोट ।

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार बिहान १० :८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महशुस गरिएको थियो ।

सो भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन् ।

यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *