दरबारमार्ग क्षेत्रमा सवारी प्रवेशमा रोक

Thankot Times

थानकोट ।

काठमाडाैंको व्यस्त क्षेत्र दरबारमार्गमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

भोलि असोज ३  गते संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने नेसनल डे कन्सर्टको स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचनामार्फत जानकारी गराएको छ ।

केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

सरकारले विभिन्न कार्यक्रमका साथ भो संविधान दिवस धूमधामले मनाउने तयारी गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *