आज चन्द्रागिरि वडा १ को कार्यालय बन्द रहने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकको कार्यालय आज बन्द रहने भएको छ ।

आज दहचोकस्थित इन्द्रदह स्नान मेला लागिरहेकोले वडाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरू मेला व्यवस्थापनमा खटिनुपर्ने भएकोले वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिनुभयो ।

आज चन्द्रागिरि वडा नं. १ को स्वास्थ्य चाैकी समेत बन्द रहने छ ।

सो कार्यालयमा कार्यरत कर्मचारीहरू इन्द्रस्थान मेलामा स्वयंसेवकका रूपमा खटिनुपर्ने भएका कारण स्वास्थ्य चाैकी बन्द गरिएको हो ।

हरेक वर्ष इन्द्र जात्राको भोलिपल्ट चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित इन्द्र दहमा स्नान मेला लाग्ने गर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *