आज राष्ट्रिय शिक्षा दिवस, चन्द्रागिरि नगरमा पनि विशेष कार्यक्रम आयोजना हुँदै

Thankot Times

थानकोट ।

आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् । चन्द्रागिरि नगरमा पनि शिक्षा दिवस कार्यक्रम आयोजना हुँदैछ ।

चन्द्रागिरि नगरको संयोजनमा चेकपोष्टस्थित ग्रिनल्याण्ड पार्टी प्यालेसमा आयोजना हुने सो कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायतको सम्मान समेत गरिने चन्द्रागिरि नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ । 

सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसकोरुपमा मनाउन थालेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *