कक्षा १० मा अध्ययनरत छात्रा साधना घिमिरेको कविता संग्रह ‘साधनाको साधना’ विमोचन हुँदै

Thankot Times

थानकोट ।

अपाङ्गता-अभिभावक समाज नेपालकी सदस्य तथा सतुङ्गलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययनरत साधना घिमिरेको कविता संग्रह भोलि (बिहीबार) विमोचन हुने भएको छ ।

घिमिरेको पहिलो कृति साधनाको साधना कविता संग्रह बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको उपस्थितिमा विमोचन हुने कार्यक्रम छ ।

दिउँसो २ः०० बजे सतुङ्गलस्थित जेसिस स्कुलमा पुस्तक विमोचन कार्यक्रम सुरु हुने अपाङ्गता-अभिभावक समाज नेपालले जनाएको छ ।

कक्षा १० मा अध्ययनरत घिमिरे फरक शारिरीक क्षमताकी विद्यार्थी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *