मनकामना केबलकार सेवा आजदेखि सुचारु

Thankot Times

थानकोट ।

स्तरोन्नति र मुख्य तारको लट्ठा फेर्न गत असार मसान्तबाट सेवा स्थगित गरिएको मनकामना केबलकार आजदेखि पुनः सुचारु हुने भएको छ ।

एनालग प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको नेपालकै पहिलो केबलकार मनकामना केबलकार अब डिजिटल प्रविधिमा रूपान्तरण गरिएको छ । 

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको हो ।

मनकामना केबलकार हुँदै वर्षेनी लाखाैं स्वदेशी तथा विदेशी नागरिकहरू मनकामना मन्दिर क्षेत्रमा पुग्ने गर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *