आईसीसी विश्वकप लिग-२ः क्यानडाविरूद्ध टस जितेपछि नेपालले पहिला फिल्डिङ गर्दै

Thankot Times

थानकोट ।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ ।

किंग्स सिटीमा रहेको मफ्ले लेआफ नर्थ वेस्ट ग्रोउण्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।

नेपालले आजको खेलमा आरिफ शेखलाई बेन्चमा राखेको छ ।

नेपालले तेस्रो नम्बरमा भीम सार्कीलाई मौका दिदा अनिल शाहलाई बेन्चमा राखेको छ ।

अन्य टी २० विश्वकपमा रहेका खेलाडीलाई नै नेपालले निरन्तरता दिएको छ ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *