चन्द्रागिरिका १५ मध्ये ७ वटा वडा बालश्रम मुक्त, चैत्र मसान्तसम्म सबै वडा बालश्रम मुक्त भइसक्ने

Thankot Times

थानकोट ।

वडा नं. ११ सतुङ्गललाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएसँगै चन्द्रागिरि नगरमा रहेका १५ मध्ये ७ वटा वडा ‘बालश्रममुक्त वडा’ घोषणा भएका छन् ।

नगरका वडा नंं ३ थानकोट, वडा नंं. ५ महादेवस्थान किसिपिडी, वडा नं. ६ महादेवस्थान, वडा नं. ७ महादेवस्थान, वडा नं. ८ मातातिर्थ, वडा नं.११ सतुङ्गल र वडा नं. १४ नयाँ नैकाप ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका हुन् ।

शनिबार सतुङ्गलस्थित नडा नं. ११ को कार्यालयमा आयोजित एक समारोहका बीच सो वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

सो क्रममा नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका विभिन्न वडाका जनप्रतिनिधिहरू, स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय बाल क्लब लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

वडालाई बालश्रम मुक्त वडा क्षेत्र घोषणा गर्नुअघि एक प्रभातफेरी निकालिएको थियो, बाजा गाजा र झाँकी सहितको सो प्रभातफेरिले वडा परिक्रममा गरेको थियो ।

चन्द्रागिरि वडा नं. ११ लाई बालश्रम मुक्त घोषणा गर्न आयोजित कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख घनश्याम गिरीले बालश्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको जानकारी दिँनुहुँदै घोषणा पछिको दीगोपनमा काम गर्ने धारणा राख्नुभयो ।

सो क्रममा उहाँले चन्द्रागिरि नगरका सबै वडालाई यही वर्षको चैत्र मसान्तसम्म वडा बालश्रम मुक्त वडा घोषणा गरिसक्ने लक्ष्य लिइएको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *