भोलि शनिबार चन्द्रागिरि नगरपालिका वडा नं. ११ बालश्रम मुक्त वडा घोषणा हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका- ११ बालश्रममुक्त वडा घोषणा हुने क्रममा रहेको छ । 

शनिबार सो वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । 

बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मौलिक हनन् हुने भएकाले अब आइन्दा कसैले पनि बालबालिकालाई श्रमजन्य काममा लगाउन नपाइने शपथ वडाका बासिन्दाले शपथ ख्वाएर वडा बालश्रम मुक्त घोषणा हुन लागेको हो ।

घोषणा सभा अघि एक र्याली निक्लने, सो र्यालीले वडा परिक्रमा गरेपछि वडा कार्यालय हातामा एक समारोहका बीच वडालाई बालश्रममुक्त वडा घोषणा गरिनेछ । 

चन्द्रागिरि नगरका विभिन्न वडा बालश्रम मुक्त वडा घोषणा भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *