असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिँदै

Thankot Times

थानकोट ।

भूकम्पपछि नवनिर्माण गरिएको धरहरा असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो ।

२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा नजिकै आधुनिक, सुविधायुक्त र बलियो अर्को संरचना बनाइएको छ ।

अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ ।

बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ ।

यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै सामग्री प्रयोग भएको छैन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमै २०७८ बैशाख ११ गते धरहराको उद्घाटन गरेपनि निर्माण कार्य सम्पन्न नहुँदा अहिलेसम्म सर्वसाधारणका लागि खोलिएको थिएन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ