मायाको चिनो डिजाइन गर्नुस, थाहा नगरबाट २५ हजार रुपैयाँ पुरस्कार पाउनुस

Thankot Times

थानकोट ।

मकवानपुरको थाहा नगरपालिकाले ‘मायाको चिनो’ डिजाइन गर्ने लाई २५ हजार नगद पुरस्कार दिने भएको छ।

थाहा नगरपालिकाले २७ भाद्रमा एक सूचना प्रकाशन गर्दै डिजाइन प्रस्ताव आह्वान गरेको हो।

सूचना प्रकाशन मितिले १५ दिन भित्र नगरपालिकाको प्रशासन शाखामा आफुले बनाएको डिजाइन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

विभिन्न स्थानीय तहमा सिकाइ भ्रमण जाँदा, तथा नगरपालिकामा अतिथिको रुपमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुलाई नगरपालिकाको पहिचान झल्कने किसिमको मायाको चिनो प्रदान गर्नको निम्ति नमुना संकलन गरि प्रतिष्पर्धाबाट गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

पुरस्कृत हुने मायाको चिनोको प्रतिलिपी अधिकार नगरपालिकाको रहने सूचनामा उल्लेख छ।

हेर्नुस सूचना :-


Leave a Reply

Your email address will not be published. Required fields are marked *