थानकोटसहित विभिन्न स्थानमा भेटिएका २२ वटा दुई पाङग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका २२ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच हराएका २२ ओटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो।

कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले  १३ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कोटेश्वर, सुन्दरी जल, नयाँ बसपार्क, नेपालटार, तिलेङ्गेटार, जनसेवा, सानेपा, कलङ्की, टोखा, सानोठिमी, स्वयम्भू, थानकोट र मैतीदेवी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

तस्बिरः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ