कस्तो रहला आज दिनभरको माैसम ? यस्तो छ माैसम पूर्वानुमान महाशाखाको विज्ञप्ति

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रको आकाश अहिले बिहान आंशिक बदली छ ।

देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम वित्रान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *