बिहान ३ बजेबाट नागढुङ्गा-नाैबिसे सडक खण्ड दुईतर्फी सञ्चालनमा

Thankot Times

थानकोट ।

नागढुङ्गा-नाैबिसे सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

नागढुङ्गा सुरुङ मार्गको पश्चिम प्रवेशद्वार नजिकै हिजो साँझ वर्षासँगै खसेको पहिरोका कारण सडक पूर्ण अवरुद्ध भएको थियो ।

लगातारको वर्षापछि अवरुद्ध सडक आज बिहान ३ बजे दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए ।

गत भदाै ५ गते नागढुङ्गा नजिकै सडकमा खसेको पहिरो पन्छाइएकोमा सोही पहिरोका गेग्रान सोमबार भएको भीषण वर्षाले बगाएर खत्रीपाैवा पुर्याएपछि सडक अवरुद्ध भएको थियो ।

सो सडकखण्डमा अहिले दुवैतर्फ सवारी साधनहरुको लामो जाम छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *