कतै यात्रा गर्दैहुनुहुन्छ ? जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरक्षेत्रको माैसम अहिले बिहान सफा छ ।

देशका केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ ।

अहिले बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू-भागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही  स्थानमा  तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *