साफ यू-१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

Thankot Times

थानकोट ।

आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुने प्रतियोगिता साफ यू-१७ च्याम्पियनसिपका निम्ति नेपाली राष्ट्रिय युवा टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २३ सदस्यीय नेपाली टिम सार्वजनिक गरेको हो ।

समूह ‘बी’ मा नेपाल, घरेलु टोली भुटान, श्रीलंका र पाकिस्तान तथा समूह ‘ए’ मा भारत, माल्दिभ्स र बंगलादेश छन् ।

नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र २५ मा भुटानको सामना गर्नेछ ।

नेपाली टोली
पेम्बानुर्बु भोटे, रामबहादुर बोहरा, भक्तबहादुर परियार, शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराज लावत, भुवन कामी, एकराज विश्वकर्मा, कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ, सविनकुमार लुंगेली, रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, सुजन डंगोल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ