नागढुङ्गा सुरुङ मार्ग निर्माणस्थलमा स्थानीय बासीको विरोध प्रदर्शन

Thankot Times

थानकोट ।

नागढुङ्गा सुरुङ मार्ग निर्माणस्थल वरपरका स्थानीयहरूले सोमबार बिहान चन्द्रागिरि नगरपालिका-०५ स्थित फ्लाईओभर निर्माणस्थल क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।

स्थानीयबासीहरूले प्रस्तुत गरेका मागहरू सम्बोधनमा आयोजनाले चासो नदिएको भन्दै उनीहरूले आयोजनास्थलमा प्रदर्शन गरेका हुन् । सयाैंको संख्यामा रहेका स्थानीहरूले सो क्रममा नाराबाजी समेत गरेका थिए ।

फ्लाई ओभर निर्माणस्थलमा धुलो र हिलोको मात्रा बढ्दा स्थानीयहरूको स्वास्थ्यमा असर परेकोले स्थानीय बासीले स्वास्थ्य बीमाको माग गरेका छन् भने सडकको पेटी कम्तीमा पाँच फिटको राखिनुपर्ने उनीहरूको माग छ ।

यस्तै मूल सडकमा सवारी साधनको चाप बढी भएकोले सो स्थानमा आकाशे पुल निर्माण लगायतका माग स्थानीयले अघि सारेका छन् ।

विभिन्न ८ बुँदे मागसहित विरोध प्रदर्शनी गरेका स्थानीयहरूले आफु विकास विरोधी नभएको तर आयोजना सञ्चालन भइरहँदा पाएको सास्तीका सन्दर्भमा सम्बन्धित आयोजना कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधानको प्रयास नभएकोले बाध्य भएर विरोध प्रदर्शन गर्न परेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ