असोज मसान्तभित्र सूचीकृत भइसक्न खानेपानी उपभोक्ता समितिहरूलाई चन्द्रागिरि नगरको सूचना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रभित्र सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समितिहरूलाई असोज मसान्तसम्म सूचीकृत भइसक्न चन्द्रागिरि नगरपालिकाले सूचना जारी गरेको छ ।

चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषदको भदाै ७ गते बसेको बैठकले खानेपानी उपभोक्ता समितिहरू सूचीकृत गर्नका लागि २०८०/८१ सम्मको लेखा परीक्षण प्रतिवेदन, साधारण सभा प्रतिवदेन, उपभाेक्ताहरूबाट मासिक रूपमा लिइने महशुलको विवरण, खानेपानी सेवा विवरण माग गरिएको छ ।

यस्तै २०८१ असार मसान्तसम्मको बैंक खाता विवरण तथा सो अवधिसम्मको आम्दानी, प्रशासनिक खर्चा तथा मर्मत खर्च विवरण, स्थायी संरचनाको विवरण समेत सूचीकृत गर्दाको बखतमा पेश गर्ने निर्णय भएको नगरप्रमुख घनश्याम गिरीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

भदाै ९ गते जारी भएको भनिएको सो सूचनामामा ती उपभोक्ता समितिहरूको सम्बन्धित वडामा सूचीकृत गर्ने निर्णय भएको उल्लेख छ ।

अप्रमाणित विवरणहरू अनुसार चन्द्रागिरि नगरमा करिब ३ दर्जन खानेपानी उपभोक्ता समितिहरू अस्तित्वमा रहेको बताइन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *