काठमाडौंमा दुई जना मृत भेटिए
थानकोट ।
काठमाडौं महानगरपालिका-३१ स्थित सुकुम्बासी बस्ती र काठमाडौं महानगरपालिका-२६, रानीबारीमा शनिबार दुई जना मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, सुकुम्बासी बस्तीमा १ नम्बर पानी ट्यांकी नजिकै खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका-११ घर भएका ४९ वर्षीय केदार खड्का मृत अवस्थामा भेटिएका हुन् ।
रानीबारीमा कुमारी टोलमा डेरा गरी तनहुँका ५० वर्षीय लोकेन्द्र महत आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
दुवै जनाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।