थानकोट जेसिज चन्द्रागिरि अन्तर वडा कप फुटसलको उपाधि वडा नं १५ तीनथानालाई

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं १५ ले चन्द्रागिरि अन्तर वडा कप फुटसलकाे उपाधि जितेको छ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटलाई ३-२ ले पराजित गर्दै चन्द्रागिरि-१५ उपाधि उचालेकाे हाे ।

थानकोट जेसिजको आयोजनामा चन्द्रागिरि-९ मच्छेगाउँस्थित मत्स्य क्रियशन सम्पन्न प्रतियोगिताको विजेता हुँदा चन्द्रागिरि १५ ले ७५ हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्र पायाे ।

उप विजेता बनेको थानकोटले ३५ हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

अपडेट

प्रतियोगितामा चन्द्रागिरि वडा नं ८ वेष्ट टिमकाे उपाधि प्राप्त गर्याे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सायस श्रेष्ठ घाेषित हुँदा उत्कृष्ट गाेलरक्षक विशाल श्रेष्ठ घाेषित भए । दुवै जना चन्द्रागिरि ४ का खेलाडी हुन्।

प्रतियाेगितामा सर्वाधिक गाेलकर्ताकाे उपाधि वडा नं १५ का अविरल रिजालले प्राप्त गरे । उनले प्रतियोगिता अवधिभर १४ गाेल गरेकम थिए ।

विजेता तथा उपविजेतालाई नगरका मेयर घनश्याम गिरी लगायतले पुरस्कार वितरण गर्नुभयाे ।

दुई दिने प्रतियाेगितामा चन्द्रागिरि नगरका १४ वडाका २० टाेलीले सहभागीता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *