चन्द्राागिरि वडा नं ४ र १५ थानकोट जेसिज चन्द्रागिरि अन्तर वडा कप फुटसलको फाइनलमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं १५ र ०४ जारी चन्द्रागिरि अन्तर वडा कप फुटसलकाे फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनलमा चन्द्रागिरि नगरपालिका वडा नं १० माथि ७-१ काे जित निकाल्दै चन्द्रागिरि-१५ उपाधि नजिक पुगेको हाे ।
यसैगरी चन्द्रागिरि -०४ ले चन्द्रागिरि वडा नं ०८ माथि २-० काे जित निकाल्दै उपाधि नजिक पुगेको छ।

थानकोट जेसिजको आयोजनामा चन्द्रागिरि-९ मच्छेगाउँस्थित मत्स्य क्रियशनमा जारी प्रतियाेगिताकाे फाइनल खेल आज नै हुनेछ।
प्रतियोगिताको विजेताले ७५ हजार, उप विजेताले ३५ हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ठ गोलरक्षक, उच्च गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीले जनही ५ हजार, ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालनगरिएको थानकोट जेसीजले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रूपैयाँ लाग्ने अनुमान आयोजकको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *