आयल निगमको थानकोट डिपो सार्ने विषयमा निगम सञ्चालक समिति बैठकमा छलफल हुँदै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थानकोटमा रहेको आयल निगमको डिपो सार्न निर्देशन दिएपछि निगमले सोमबार बस्ने सञ्चालक समिति बैठकमा यही विषयबारे छलफल गर्ने तयारी गरेको छ ।

केहीदिन अघि प्रधानमन्त्रीले थानकोटस्थित अहिलेको डिपो असुरक्षित रहेकाले सार्न भनेका थिए ।

‘प्रधानमन्त्रीसँगको बिफ्रिङमा सचिवले बुझाउन सकेनन्, विगतमा डिपो स्थापना हुँदा बस्ती थिएन, अहिले भयो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अब चितवनसम्म पाइपलाइन र भण्डारण बन्दै छ, भण्डारण बनेपछि थानकोट डिपोको लोड आधा घट्छ । थानकोट डिपो सार्नुको कुनै औचित्य छैन, थानकोट डिपो सार्नु भनेको जग्गाको चलखेल गर्नु हो । कमिसनमा चलखेल गर्न पाइने मनसायले पनि यसो गर्न खोजिएको हुन सक्छ ।’

कान्तिपुर दैनिकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *