पलेशा गोवर्धनलाई उद्योग वाणिज्य महासंघको नगदसहित सम्मान

Thankot Times

थानकोट ।

नेपाल उद्योग वाणिज्य महासंघले पारालम्पिकमा तेक्वान्दोमा कास्य पदक विजेता २१ वर्षीया पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

महासंघले गोवर्धनलाई तीन लाख रुपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार रुपैयाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

गोवर्धन पारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

शुक्रबार आयाेजित सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई ज्ञापन गर्दै सम्मान गर्न पाउदा खुसी लागेको बताए ।

उनले महासंघका सदस्य एवं सबै निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्धनलगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन पनि आग्रह गरे ।

“नेपाली युवाहरू प्रतिभावान छन् । विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्धनमा सहयोग पुर्‍याउनुपर्छ,” उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *