चन्द्रागिरि अन्तर वडा कप फुटसल प्रतियोगिता सुरु, आज क्वाटरफाइनल सम्मका खेल हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि अन्तर वडा कप फुटसल प्रतियोगिता सुरु भएको छ ।

थानकोट जेसीजले आयोजना गरेको प्रतियोगितामा २० टोलीले सहभागिता जनाइरहेका छन् ।

प्रतियोगिताको चन्द्रागिरि नगरका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गी तथा वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रागिरि वडा नं. ५ को सी टिमले र चन्द्रागिरि नगरपालिका वडा नं. २ टिमलाई २–१ गोल अन्तरले स्तब्ध बनायो ।

नकआउट प्रतियोगिताका पहिलो, दोश्रो र तेस्रो चरणका खेलहरू आज सकिनेछन् भने भोलि शनिबार अपरान्ह ४ बजेबाट सेमीफाइनल चरणका खेल हुनेछन् ।

उपाधि छिनोफानो भोलि नै हुनेछ ।

प्रतियोगिताको विजेताले ७५ हजार, उप विजेताले ३५ हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन ।

व्यक्तिगत विधातर्फ उत्कृष्ठ गोलरक्षक, उच्च गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीले जनही ५ हजार, ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालन हुन लागेको थानकोट जेसीजले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रूपैयाँ लाग्ने अनुमान आयोजकको छ ।

प्रतियोगितामा चन्द्रागिरि वडा नं. १, २, ३, ६, ७, ९, १२, १३, १४ र १५ का समान १-१ टोलीले सहभागिता जनाउदै छन् ।

यस्तै चन्द्रागिरि ८ र १० का समान २-२ टोलीले सहभागिता जनाउने छ । यसैगरी चन्द्रागिरि वडा नं. ४ र ५ का समान ३-३ टोलीले नगद ७५ हजार रूपैयाँ पुरस्कार राशिको दुई दिने फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *