तीज पर्वको दिन सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट।

आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलामा १ हजार ३ सयले बढेर एक लाख ५३  हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा ३० रुपैयाँले बढेर १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *