थानकोट बस्दै आएका पलेशाका प्रशिक्षक कविराज नेगीलाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस

Thankot Times

थानकोट ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दोकी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ ।

राखेपले युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको हो ।

विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई सफलताको कदरस्वरुप राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो ।

अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा प्रशिक्षकका रूपमा हालसम्म नेपाललाई ११ पदक दिलाएका छन् ।

त्यसमा ३ स्वर्ण, २ रजत र ३ कांस्य छ । अहिलेसम्म लामा स्वयंसेवक प्रशिक्षक हुन् ।

नेगी चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्ट निवासी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *