थानकोट जेसीज चन्द्रागिरि अन्तर वडा कप फुटसल आजबाट, १४ वडाका २० टिम प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

थानकोट जेसीजले आयोजनामा आजबाट प्रथम चन्द्रागिरि नगरपालिका अन्तर वडा कप फुटसल प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगितामा नगरका १५ मध्ये १४ वटा वडाका टोलीले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा चन्द्रागिरि वडा नं. १, २, ३, ६, ७, ९, १२, १३, १४ र १५ का समान १-१ टोलीले सहभागिता जनाउदै छन् ।

यस्तै चन्द्रागिरि ८ र १० का समान २-२ टोलीले सहभागिता जनाउने छ । यसैगरी चन्द्रागिरि वडा नं. ४ र ५ का समान ३-३ टोलीले नगद ७५ हजार रूपैयाँ पुरस्कार राशिको दुई दिने फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

मच्छेगाँउस्थित मत्स्य रिक्रियशन सेन्टरको एरिनामा सञ्चालन हुने प्रतियोगिता अहिले बिहान ८ बजेबाट सुरु हुने तालिका रहेको छ । 

५ ए साइड फर्म्याटमा खेलाइने प्रतियोगिताको उपविजेताले ३५ हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने व्यक्तिगत विधातर्फ अब्बल हुने गोलरक्षक, उच्च गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीले जनही ५ हजार रूपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालन हुन लागेको थानकोट जेसीजले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रूपैयाँ लाग्ने अनुमान आयोजकको छ ।

प्रतियोगिताको उद्घाटन खेल चन्द्रागिरि वडा नं. ५ को ग टिम र चन्द्रागिरि नगरपालिका वडा नं. २ टिमबीच हुनेछ ।

तालिका हेराैं 


Leave a Reply

Your email address will not be published. Required fields are marked *