विश्व युवा स्क्राबल च्याम्पियनसिपमा भाग लिन नेपाली टोली श्रीलंका प्रस्थान

Thankot Times

थानकोट ।

श्रीलंका स्क्राबल संघले आयाेजना गर्ने विश्व युवा स्क्राबल च्याम्पियनसिप-२०२४ मा भाग लिन नेपाली टाेली बिहीबार श्रीलंका प्रस्थान गरेकाे छ।

स्क्राबल क्लब नेपालका अध्यक्ष केशव प्रसाद पराजुली तथा सो क्लबका सल्लाहकार एवं नैकापस्थित ब्राइट फ्यूचर माविका अध्यक्ष मोहन कुमार कार्कीको नेतृत्वमा साे टाेली श्रीलंका प्रस्थान गरेको हाे ।

टाेलीमा ८ जना खेलाडी तथा ८ जना अफिसियल रहेकाे स्क्राबल क्लब काठमाडौंका अध्यक्ष बुद्ध गाैतमले जानकारी दिनुभयाे ।

साे टाेलीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बिहीबार बिहान बिदाइ गर्नुभएको थियाे ।

तीन दिने प्रतियाेगिता शुक्रबारबाट सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *