प्रधानमन्त्री ओलीले गुमाए ७६ हजार फेसबुक फलोअर्स

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् । 

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो ।

कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयको दाबी छ ।

त्यसपछि मंगलबार नै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई कराबाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।

मंगलबार प्रधानमन्त्री ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकामा सो संख्या घटेर बिहीबार बिहान यो समाचार तयार गरुन्जेल ५ लाख ८९ हजार पुगेको छ । अहिलेसम्म उनलाई ७६ हजार बढीले अनफलो गरेका छन् ।

बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

सो पोष्ट हटेपछि शुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *