लामाचौर आमन्त्रित राष्ट्रिय महिला भलिबलः चन्द्रागिरिको न्यु डायमण्ड स्पोर्ट्स क्लब फाइनलमा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१३ नैकापस्थित न्यु डायमण्ड स्पोर्ट्स क्लबले पोखरामा जारी लामाचौर भलिबल कपको महिलातर्फको फाइनल स्थान पक्का गरेको छ ।
महिलातर्फको विधामा एपीएफ र न्यु डायमण्डले लगातार दुई जित हासिल गरेसँगै एक खेलअगावै फाइनल यात्रा तय गरेका हुन्।
पोखराको लामाचौर कोर्टमा भएको राउण्ड रोविन लिगको दोस्रो दिन न्यू डायमण्डले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटले हराएको हो ।
बुधबारको दोस्रो खेलमा एभरेष्ट भलिबल क्लबविरुद्ध इन्द्रराज्यलक्ष्मी माविको खेलमैदान उत्रिएको एपीएफले ३-० कै सोझो सेटमा जित दर्ता गरायो।
राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगितामा लिगको अन्तिम खेलमा बिहीबार एपीएफले न्यु डायमण्डसँग र गण्डकीले एभरेष्टसँग प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ ४/४ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको फाइनल खेल भोलि भदाै २१ गते हुनेछ।
प्रतियोगिताको विजेताले समान १ लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्।
उपविजेताले १ लाख १११, तेस्रोले ५० हजार १११ रुपैयाँ नगदको साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
यसपटक न्यु डायमण्डलाई टिपटपले प्रायोजन गरेको छ । गत वर्ष चन्द्रागिरि नगरपालिकाले न्यु डायमण्डलाई प्रायोजन गरेको थियो ।