त्रिविको ५०औं दीक्षान्त समारोहका लागि आवेदन खुला

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ५०औँ दीक्षान्त समारोहका लागि आवेदन खुला गरेको छ ।

२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतसम्म उत्तीर्ण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो । 

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी)  तह पूरा गर्नेहरूले आवेदन दिन सक्नेछन् ।  

दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *