चन्द्रागिरि अन्तर वडा कप फुटसल प्रतियोगितामा १९ टोलीको सहभागिता, आज टाइसिट ड्र

Thankot Times

थानकोट ।

थानकोट जेसीजले आयोजना गर्ने प्रथम चन्द्रागिरि नगरपालिका अन्तर वडा कप फुटसलमा १९ टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि हिजो मंगलबारसम्म टोली दर्ताको समय सीमा निर्धारण गरिएको थियो ।

भदाै २१ र २२ गते (शुक्रबार र शनिबार) मच्छेगाँउस्थित मत्स्य रिक्रियशन सेन्टरको एरिनामा खेलाइने प्रतियोगितामा चन्द्रागिरि नगरका सबै १५ वटै वडाका टोलीले सहभागिता जनाउँदैछन् । केही वडाले एक भन्दा बढी टोली पठाएको बताइएको छ ।

प्रतियोगिताको खेल तालिका (टाइसिट) आज साँझ सार्वजनिक गर्ने तयारी भइरहेको थानकोट जेसीजले जनाएको छ ।

थानकोट गोदामस्थित चुनदेवी माविको सभा हलमा प्रथम चन्द्रागिरि नगरपालिका अन्तर वडा कप फुटसलको टाइसिट ड्र हुनेछ ।

५ ए साइड फर्म्याटमा खेलाइने प्रतियोगिताको विजेताले ७५ हजार रूपैयाँ, दोश्रो हुनेले ३५ हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने व्यक्तिगत विधातर्फ अब्बल हुने गोलरक्षक, उच्च गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीले जनही ५ हजार रूपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालन हुन लागेको थानकोट जेसीजले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *