आज नेपाली बजारमा सुनचाँदीको मूल्य कति छ ?

Thankot Times

थानकोट ।

आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आज चाँदी तोलाको १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *