नक्कली नोट बनाउने कार्यमा सक्रिय चन्द्रागिरिका एकसहित ८ जना पुरुष समातिए

Thankot Times

थानकोट ।

नक्कली नोट बनाउने सामानसहित आठ जनालाई प्रहरीले नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको मधुवनीबाट नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा दुई जना भारतीय र ६ जना नेपाली छन् । 

मधुवनी गाउँको दशनजिक सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरूलाई भदाै १५ गते शनिबार नियन्त्रणमा लिएको हो ।

घटनास्थलबाट प्रहरीले एक हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *