तीनथानास्थित एक घरबाट सोमबार बिहानै चोरी भयो ल्यापटप, क्यामेरा अनि पूजा कोठाका सामान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित एक घरबाट धनमाल चोरी भएको छ ।

स्थानीय मुनाल क्लबस्थित गोपाल के.सी.को घरबाट सोमबार बिहान करिब ३ बजे नगदसहित धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार सो घरबाट नगद ४५ हजार रूपैयाँ, ल्यापटप, क्यामेरा र पूजा कोठाका सामानहरू चोरी भएका हुन् ।

चोरी भएको सामान तथा नगद करिब १ लाख ८७ बराबरको रहेको प्रहरीको भनाइ छ ।

चोरीमा संलग्न व्यक्ति फरार रहेकोले घटनाका बारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *