यस वर्ष नैकाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना नहुने

थानकोट ।
चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा वर्षेनी हुँदै आएको चन्द्रागिरि नगरकै प्रमुख फुटबल उत्सव नैकाप गोल्ड कप यसपटक आयोजना नहुने भएको छ ।
२०७३ सालबाट आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष स्थगित गरिएको चन्द्रागिरि स्पोर्ट्स एकेडेमीले जनाएको छ ।
खेल मैदानको स्तरोन्नति लगायतको कार्य जारी रहेकोले यसपटक प्रतियोगिता आयोजना गर्न सम्भव नभएको एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिकाबाट विनियोजित ७५ लाख रूपैयाँको लागतमा हाल मैदानको स्तरोन्नति एवं संरचना निर्माणको कार्य जारी छ ।
चन्द्रागिरि नगरपालिकाले नैकाप फुटबल मैदानलाई नगरको गाैरवको आयोजनाका रूपमा प्रस्तुत गरेको छ । यद्यपी सो रकम खेल मैदानको स्तरोन्नति एवं विस्तारका लागि अपर्याप्त रहेको एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतको भनाइ छ ।
गतवर्ष सम्पन्न छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिताकाे उपाधि चन्द्रागिरि नगरपालिका-०२ बाँडभञ्ज्याङकाे ब्लु बेल फुटबल क्लबले उचालेको थियो ।
छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिताकाे उपाधि बाँडभञ्ज्याङकाे ब्लु बेल फुटबल क्लबलाई