यत्रो घर बनाउन पैसा कहाँबाट आयो भन्दै पूर्व उपराष्ट्रपतिको इन्द्रस्थानस्थित घरमा कालो ब्यानर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०१ दहचोक इन्द्रस्थानस्थित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा नेकपा बहुमतले कालो ब्यानर टाँगेको छ।

धर्मेन्द्र बास्तोला नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शनिबार पूर्वउपराष्ट्रपति पुनको घरमा  कालो ब्यानर लगाएको हाे।

पुनले सुविधा सम्पन्न घर बनाएको भन्दै उक्त घर निर्माणको स्रोत के हो? भनेर नेकपा बहुमतले प्रश्न गरेको छ।

२०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न पनि पार्टीले माग गरेको छ।

पूर्वउपराष्ट्रपति पुन १० वर्षे सशस्त्र युद्धको समयमा माओवादी सेनाका कमान्डर थिए।

उनैले तालिम दिएका कार्यकर्ताले आफ्ना पूर्वकमान्डरकै घरमा कालो ब्यानर लगाएका हुन्।

घरको मूल प्रवेशद्वार नजिकै टाँगिएको ब्यानर सुरक्षाकर्मीले केही बेरमै हटाएका छन् ।

तस्बिरः सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *