प्याब्सन अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा सतुङ्गलस्थित जेसिस स्कुललाई दोश्रो स्थान

Thankot Times

थानकोट ।

काठमाडाैं जिल्लामा रहेका निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनले आयोजना गरेको अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा चन्द्रागिरि नगरका दुई विद्यालय शीर्ष ४ मा अटाउन सफल भएका छन् ।

शनिबार सम्पन्न अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा सतुङ्गलस्थित जेसिस स्कुललाई दोश्रो स्थान प्राप्त भएको हाे ।

चेकपोस्टस्थित ब्राइट एन्जलस् स्कुलले चाैथो स्थान प्राप्त गरेको प्याब्सन काठमाडाैंले जनाएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सहभागी भएका ७९ विद्यालयहरू मध्ये भ्याली भ्यू स्कुल र इडन ब्रिज एकेडेमीले समान २१७ अंक प्राप्त गरेपछि संयुक्त रूपमा विजयी घोषित भए हुँदा २१६ अंक प्राप्त गरेको सतुङ्गलस्थित जेसिस स्कुलले दोश्रो स्थानमा चित्त बुझायो ।

उत्कृष्ट नृत्य निर्देशक उपाधी हासिल जेसिस स्कुलमा नृत्य प्रशिक्षण दिइरहेकी बबिता गोपाली घोषित भइन् ।

प्याब्सन, जिल्ला कार्यसमिति काठमाडौंले तीजको अवसर पारेर हरेक वर्ष अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ।

यी हुन प्याब्सन अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता- २०८१ को शीर्ष १० स्थान हात पार्ने विद्यालयहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *