नैकापका एक पुरुष कालिमाटीमा मृत भेटिए

थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापका एक पुरुष मृत भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित कालिमाटी चोकनजिक सडक पेटीमा चन्द्रागिरि नगरपालिका-१४ घर भएका एक पुरुष शुक्रबार मृत भेटिएका हुन् ।
नैकापमा ५६ वर्षीय वीर सिंह राना मगर शुक्रबार मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षको बुलेटिनमा उल्लेख छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Cha.na.pa 9 machchhegaun ko ho