चाडपर्व, जात्रा र संस्कृति शीर्षकमा चन्द्रागिरि नगरका हरेक वडाले वर्षेनी बाँड्छन १० लाख बजेट

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र आयोजना हुने परम्परागत जात्रा, उत्सव, तथा मेलाहरू एवं मनाइने चाडपर्व व्यवस्थापनका नाउँमा हरेक वडाले वर्षेनी १० लाख रूपैयाँसम्म खर्चन पाउने प्रावधान छ ।

चालु आर्थिक वर्षका लागि चन्द्रागिरि नगरपालिकाले नगरको वार्षिक बजेट पुस्तिका यो समाचार तयार गर्दासम्म सार्वजनिक गर्न सकेको छैन् । जसका कारण यस वर्ष कति बजेट परम्परागत जात्रा, उत्सव, तथा मेलाहरू एवं मनाइने चाडपर्व व्यवस्थापनका नाउँमा  नगरले  खर्चँदैछ सो यकीन भइसकेको छैन् । एक कार्यपालिका सदस्यले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार नगरका १५ मध्ये केही वडाहरूबाट बजेट तथा कार्यक्रम नगरमा पेश नगर्दा स्थानीय राजपत्र प्रकाशन ढिलाइ भएको हो  । तथापी यसवर्ष चाडपर्व, जात्रा, उत्सव शीर्षकमा नगरका १५ वटै वडाहरूमा करिब १ करोड ४३ लाख रूपैयाँ बजेट विनियोजन हुने बुझिएको छ ।

गत वर्षको वार्षिक बजेट पुस्तिकामा उल्लेख भएअनुसार चन्द्रागिरि नगरले आर्थिक वर्ष २०८०-८१ का लागि चाडपर्व, जात्रा, उत्सव शीर्षकमा कम्तीमा १ करोड ७७ लाख रूपैयाँ खर्चिएको छ । यद्यपी सो रकम सबै नगरबाट खर्च भएको भने हैन् । नगरका १५ वटा वडाहरूका लागि सिलिङ नै तोकेर अधिकतम १० लाख रूपैयाँसम्मको बजेट परम्परागत जात्रा, उत्सव, तथा मेलाहरू एवं मनाइने चाडपर्व व्यवस्थापनका नाउँमा खर्चन पाउने प्रावधान बनेको थियो । जसअनुसार अधिकांश वडाले परम्परागत जात्रा, उत्सव, तथा मेलाहरू एवं मनाइने चाडपर्व व्यवस्थापनका नाउँमा १० लाख रूपैयाँ विनियोजन गरेका थिए भने केही वडाले ९ लाख रूपैयाँ खर्चिएका थिए । जुन रकम कूल १ करोड ४० लाख रूपैयाँ हुन आउँछ ।

सो बाहेक गत वर्ष चन्द्रागिरि नगर स्तरीय जात्रा पर्व शीर्षकमा करिब ३७ लाख रूपैयाँ विनियोजन भएको थियो  । जसमा न्हुँ दः भिन्तुना, छठ पर्व, ल्होसार पर्व (तामाङ, मगर),  क्रिसमस (इस्टर), इद पर्व, गाैरा पर्व लगायतका शीर्षक नै तोकी बजेट विनयोजन भएको थियो । कतिपय जात्रा, उत्सवहरूका लागि कार्यपालिकाले निर्णय गरेअनुसार बजेट विनयोजन गर्ने उल्लेख छ । यसपटक यो शीर्षकमा नगरले ५० लाख रूपैयाँ विनियोजनको तयारी गरेको छ ।

गत वर्ष जात्रा पर्व शीर्षक चन्द्रागिरि नगरपालिकाका कुन वडाले कति बजेट विनियोजन गरेका थिए ?

गतवर्ष चन्द्रागिरि वडा नं. १ दहचोकले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न ६ उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. २ बाँडभञ्ज्याङले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न १८ उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. ३ थानकोटले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न २६उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. ४ थानकोटले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न १८ उपशीर्षकमा १० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. ५ महादेवस्थान किसिपिडी ले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न १९ उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. ६ महादेवस्थानले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न १४ उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. ७ महादेवस्थानले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न ९ उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. ८ मातातिर्थ ले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न १८ उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

यसैगरी चन्द्रागिरि वडा नं. ९ मच्छेगाँउले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न २३ उपशीर्षकमा १० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. १० सतुङ्गलले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न ४० उपशीर्षकमा १० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. ११ सतुङ्गलले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न १८ उपशीर्षकमा १० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. १२ बलम्बुले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न ३२ उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. १३ पुरानो नैकापले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न  १९ उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. १४ नयाँ नैकापले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न २६ उपशीर्षकमा १० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

चन्द्रागिरि वडा नं. १५ तीनथानाले जात्रा पर्व शीर्षक अन्तर्गत विभिन्न १५उपशीर्षकमा ९ लाख रूपैयाँ विनियोजन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *