समाजसेवी सुरेन्द्र बहादुर खड्काद्वारा अक्षय कोष स्थापनार्थ मंगल माविलाई आर्थिक सहयोग प्रदान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित मंगल माविका लागि अक्षय कोष स्थापना गर्न समाजसेवी सुरेन्द्र बहादुर खड्काले आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्ट निवासी खड्काले मंगल माविका लागि अक्षय कोष स्थापनाका लागि एक लाख रुपैयाँ प्रदान गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ ।

सो रकम मंगल माविका प्रधानाध्यापक कृष्णहरि कार्की तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन हस्तान्तरण गरिएको हो । सो क्रममा चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापका वडाध्यक्ष राजभाइ महर्जन लगायतको समेत उपस्थिति रहेको थियो ।

खड्काले चन्द्रागिरि नगर तथा अन्य क्षेत्रका शिक्षालय तथा परोपकारी संस्थाहरूमा निरन्तर आर्थिक सहयता उपलब्ध गराउँदै आउनुभएको छ ।

उहाँ चेकपोष्टस्थित प्रभात माविका तत्कालीन प्रधानाध्यापक समेत रहि सक्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *